पुस्तक चर्चा
थकित मनहरूको विसौनी ः साहित्यिक चौतारी
रुपिन्द्र प्रभावी ‘कटु’
पीर नमान
भोलिदेखि म भोक लाग्यो भनेर रून्न आमा !
साँच्चै भन्छ्यौ भने र विश्वास गछ्र्यौ भने
आज म भोकैभोक खाएर कहिल्यै भोक नालाग्ने गरी अघाएको छु ।
(भोक, पृष्ठ– ७)
‘भोक’ शीर्षकमा कवि प्रकट पगेनी ‘शिव’ले लेख्नुभएको यो कविता निम्नवर्गीय चिन्तनको एउटा ज्वलन्त दृष्टान्त हो । कवि प्रकटले यस कवितामा घोर क्रान्तिकारीचेतको कोमल प्रस्तुती दिनुभएको छ । एकातिर भोको बालमनोविज्ञान यस कवितामा छरपष्ट पारिएको छ, अर्कोतिर भोक मेटाउनका लागि भोकाहरुलाई नै शिकार बनाउने दाउमा हरदम रहने विश्व परिवेशको सजीव चित्र पनि यस कवितामा उतारिएको छ भने यो कविता साहित्यिक चौतारी, ढिकुरपोखरी, कास्कीद्वरा प्रकाशित विसौनी कविता सँगालोमा सङ्कलित छ । थकितहरूको मनलाई शीतलता दिने, पीडितहरूको पीडालाई थुम्थुम्याउने र भोकाहरूलाई सान्त्वना दिने खालका ११४ कविता विसौनीमा समेटिएको छ । यसमा के नयाँ, के पुरानो, के वरिष्ठ, के राष्ट्रियस्तरका, के स्थानीय स्तरका वा भर्खरै पाइला चाल्दै गरेका कविहरू नै किन नहोस् सबैको ए्कत्रित जमघट भएको छ । पूर्वदेखि पश्चिमसम्मका स्रष्टाहरू यसमा अटाएका छन् । यसका लागि प्रधान सम्पादक रामचन्द्र अधिकारी र सम्पादक सञ्जीव पोडेलको प्रयत्नलाई कम आँक्न मिल्दैन । समकालीन नेपाली कविताको प्रतिनिधि सँगालो भन्न मिल्ने विसौनीभित्र देशको वर्तमान राजनीतिक तरलतादेखि जीवन र जगत्का विविध पक्षसँग सम्बन्धित विषयवस्तुहरू सङ्कलित कवितामा उर्लिएका छन् । विसौनीमा तीनचरणका स्रष्टाहरूको कविताहरू छन् । भर्खरै बामे सर्न थालेका बाल प्रतिभा, युवा पुस्ता र अग्रज सबैको संगम विसौनीमा भएको छ । नयाँलाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्न विसौनी चुकेको छैन । नारी र पुरूष स्रष्टाको समान सहभागिता पनि यसमा छ । यसरी हेर्दा विसौनी एउटा उल्लेखनीय कविता सँगालो बनेको छ ।
ए योद्धा ! नविर्स
यी हाम्रा आवाजका साझा दस्तावेजहरू हुन्
अन्यायविरूद्ध, अत्याचारविरूद्ध अनि उत्पीडनविरूद्ध ।
(तिमी, म, अनि भीर, पृष्ठ – ४)
कवयित्री सरस्वती ‘प्रतीक्षा’ले यस कवितामा परिवर्तनकामी शक्तिहरू हातेमालो गर्दै जुनसुकै अवस्थामा पनि सामन्ती प्रथाको अन्त्य गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । कवयित्री प्रतीक्षा जसले जुन तरिका अपनाए पनि आखिर एउटै लक्ष्य छ भने किन पुरक मत राख्नु प¥यो ? भत्रे प्रश्नहरू गर्दै स्रष्टाहरूका कलमले पनि अब सहिदको रगतको मूल्य चुकाउने प्रयत्न गर्नुपर्नेमा जोड दिन्छिन् । अर्की कवयित्री सरस्वती शर्मा ‘जिज्ञासु’ ‘नारी’ शीर्षकमा नारीको बहादुरीको चर्चा गर्दै नारीलाई हेप्नेहरूलाई चुनौती तथा समानताको स्वरलाई मूर्तरूपमा दिन नारीहरू जुट्नुपर्ने आव्हान गर्छिन् भने पोखरेली परिवेशकी सशक्त नारी हस्ताक्षर सरस्वती श्रेष्ठ ‘सरू’ ‘उहिलेका कुरा खुइले’ भन्दै आधुनिकताका नाममा इतिहास र परम्परालाई बिर्सिएर विकृति भित्र्याउने नयाँ पुस्ताप्रति असन्तुष्टि प्रकट गर्छिन् । कवि कृष्ण उदासी ‘नेपाली जनता’ को निम्नवर्गीय स्थितिको चित्रण गर्छन् भने दामोदर पुडासैनी ‘किशोर’ सेतो खोलभित्र कालो इतिहास र परम्परालाई बिर्सिएर विकृति जन्माउने ‘बबरमहल’को चर्चा गर्छन् । सुवि सुधा आचार्यले नेताहरूले भ्रष्टाचार गरेर एकाएक आफ्नो जीवनशैलीमा ल्याएका ‘परिवर्तन’प्रति आशङ्का व्यक्त गर्छिन् भने सुषमा पौडेल पढाइ जीवनका लागि हुनुपर्छ भन्दै आमाको निधनपछि छोरी भए पनि केशमुण्डन गर्ने क्रान्तिचेत व्यक्त गर्छिन् । जीवन सागर भण्डारीले ‘अज्ञानी पहाड र म’ शीर्षकमा आफूलाई पहाडझैं कहिल्यै नझुक्ने अटल ठान्ने र ‘मेरो गोरूको बा¥है टक्का’ भन्ने धारणा भएका राजनीतिज्ञहरूलाई जनताका सामु झुक्नुपर्ने संकेत विम्बात्मक ढंगले गरेका छन् । अल्पज्ञानीले शार्दूलविक्रीडित छन्दमा ज्यादै सुन्दर र पर्यटकीय स्थल ‘धम्पुस’को बयान गरेका छन् भने कवि विश्व शाक्यले ‘भो आब त अति भयो’ भन्दै देशलाई अधोगति दिनेहरूसँग अब कुकर्म गर्न बन्द गर्न प्रार्थना गरेका छन् । विश्वकै जलश्रोतको धनी देश मानिने नेपालमा लोकतन्त्रको बहालीपश्चात पनि पानी बढी भएर तराई डुब्दासम्म पानीको अभावमा विद्युत प्राधिकरणले गरेको लोडसेडिङ जारी रहँदाको मार्मिक प्रस्तुती ‘लोकतन्त्र र लोडसेडिङ’ शीर्षकमा लक्ष्मण थापाले गरेका छन् भने दीपक समीप बैंसमा मत्त मानिसहरू अरूको प्रेमलाई बेवास्ता गर्ने प्रथाप्रति ‘यद्यपि प्रश्नहरू’ शीर्षकमा प्रश्न गर्छन् । प्रकाश ज्ञवाली देशमा उषाको प्रवेश बिहानमात्र होइन हरक्षण आएको महसुस गर्ने अभिलाषा राख्छन् भने रौतहट हत्याकाण्डका आपराधीहरूलाई धिक्कार्दै वीरहरूलाई सलाम गर्छन् मदन भण्डारी । ‘आरुथाका बन्दीहरू’ देशभक्ति र स्वभीमानका प्रतीक हुन् भन्दै युवराज ‘जुनुन’् अन्याय र अत्याचारविरूद्ध सक्रिय हुन सबैलाई अव्हान गर्छन् भने भुवन छेत्री ‘अजीव मान्छे’को दुर्गुणहरूको पर्दाफास गर्छन् । ‘विश्वासघात’ शीर्षकमा सुरेश रानाभाट विश्वास गरी जनताले भोट दिएर पठाएका नेताहरू विषालु सर्प बनेर तिनै जनताहरूलाई टोक्न आएको यथार्थ चित्रण गर्छन् । सुरेन्द्र सदिच्छा क्रान्तिका लागि ‘मिलापको मुट्ठी’ कस्नुपर्ने बताउँछन् भने नवीनचन्द्र घिमिरे ‘तिमी अनि मेरो जिन्दगी’ शीर्षकमा जनताको काँध चढेर शिखर पुग्नेहरू शिखरको उपयोग गर्न नसके शिखरबाट दुर्घटित हुनुपर्ने कुरा इङ्गित गर्छन् । बिर्खे अञ्जान ‘जसको सिङ छैन उसको नाम तिखे’ प्रवृत्तिको विरोध ‘राजकुमार’ शीर्षकमा गर्छन् भने विपिन मर्म राक्षसहरूले गर्ने देवताको अभिनयबाट दङ्ग पर्ने अन्धभक्त मानिसहरूप्रति कटाक्ष प्रहार गर्छन् । ‘मुक्तियोद्धा’ शीर्षकमा सफल घिमिरे समाजवादी क्रान्तिका नायकका रूपमा गगन थापालाई सलाम गर्छन् भने चेतनाथ धमला ‘क्रन्दन’ शीर्षकमा नेपालीका मनमा रोपिएको क्रन्दनको बीउ उखेल्न जीवनगीत गाइरहनु पर्ने धारणा राख्छन् । रामचन्द्र अधिकारीले त ‘ए ! माछापुच्छे«’ शीर्षकमा जनआन्दोलन –२ का सबै सहिदहरूका नामलाई सुन्दर ढंगले बुनेर गणतन्त्र नेपालका लागि उनीहरूको रगतको मूल्य अब खोज्नुपर्नेमा जोड दिएका छन् । यसरी हेर्दा विसौनीमा समेटिएका अधिकांश कविताहरू परिवर्तनका पक्षमा छन् । सरूभक्त, तीर्थ श्रेष्ठ, विष्णु अल्पविराम, रमेश श्रेष्ठ, तेजनाथ घिमिरेजस्ता अग्रजदेखि अनुजसम्मका कविताहरूको मीठो संगम बिसौनीमा छ । दिलिप दोषी, सञ्जीव पौडेल, रामजी लम्साल, अनुराग अधिकारी, सरला अधिकारी, आमोद, दुर्गाबहादुर शाह ‘बाबा’, सुशीला पौडेल, सूर्यप्रकाश मल्ल ‘सुवास’, कमल पौडेल ‘अथक’, सुमन श्रापित, कपिल शर्मा ‘सञ्जोग’, गणेश शर्मा, शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प, तेजनारायण अधिकारी, जर्नादन दाहाल, आर.के.‘अदिप्त’, सर्वज्ञ श्रेष्ठहरू यस सङ्ग्रहका उल्लेखनीय प्रतिभाहरू हुन् भने सुषमा सुवेदी, सञ्जुृ दाहाल, रमेशराज भण्डारी, अमृता पौडेल, सूर्यप्रसाद भण्डारी, रामप्रसाद भण्डारी, आर. के. तिवारी, अनिष भण्डारी, सुरेन्द्र पौडेल र सुजाता भुजेलजस्ता बालप्रतिभाहरूको बालसुलभ सिर्जनाहरू पनि प्रसंशनीय छन् । डा. रामनाथ ओझाको कविताको सैद्धान्तिक स्वरूप शीर्षकको निबन्धात्मक लेख र डा. रविलाल अधिकारीको ‘कविताको महत्व’ शीर्षकको लेखहरू पठनीय छन् । वास्तवमा अहिले पनि साहित्यिक पत्रिका तथा पुस्तकहरू प्रकाशन गर्नु फलामको चिउरा चपाउनुसरह छ । यति हुँदा हुँदै पनि रामचन्द्र अधिकारी र सञ्जीव पौडेलको सहकार्यमूलक प्रयासले विसौनी निस्किएको छ । यो कदम उनीहरूले गतवर्षदेखि नै आरम्भ गरेका हुन् । यसअघि पनि साहित्यका सबै विधालाई समेटेर एक स्मारिका पुस्तक प्रकाशनमा आइसकेको थियो भने अहिलेचाँहि कविता विशेषाङ्क आएको छ । जम्मा ९२ पृष्ठमा रहेको यस पुस्तकको आवरण चित्र रमेश श्रेष्ठको रहेको छ । साहित्यिक पत्रिकालाई विज्ञापन नदिने उद्योगी व्यवसायीहरूको भीडलाई छिचोल्दै यो चुनौतीपूर्ण कामलाई सम्पन्न गर्ने सम्पादकहरूबाट साहस, धैर्य र निरन्तर प्रयासबाट असम्भव केही हुँदैन भन्ने अन्य मानिसहरूले पनि सिक्नुपर्छ । शुद्धाशुद्धि र सेटिङमा सामान्य त्रुटि भेटिए पनि पुस्तक सङ्ग्रहणीय रहेकोमा सायद कसैको दुईमत नहोला । हुन पनि ११६ जना स्रष्टाहरूलाई एउटै पुस्तकभित्र पढ्न पाउनु कम सौभाग्यको कुरो होइन । यस्ता उत्साही युवाहरूले वर्ष – वर्षमा मात्र स्मारिका निकाल्नुको सट्टा नियमित रूपमा साहित्यिक पत्रिका प्रकाशन गरेर पोखरामा खड्केको साहित्यिक पत्रिकाको अभावलाई पुर्ति गर्न सके अझै राम्रो हुने थियो ।
हाम्रै चौतारी, हाम्रै विसौनी
हाम्रै सिर्जना, हाम्रै सपनी ।
कृति – विसौनी (कविता सङकलन २०६४)
प्रकाशक – साहित्यिक चौतारी, ढिकुरपोखरी, कास्की)
सम्पादक – रामचन्द्र अधिकारी÷सञ्जीव पौडेल
पृष्ठ – ९२
मूल्य रू. १००\

No comments:
Post a Comment