कृति समीक्षा
यद्यपि प्रश्नहरू – उत्तरका प्रतीक्षामा
v – रुपिन्द्र प्रभावी ‘कटु’
हा,े फूलहरूको झ्यालखानाभित्र
कुहिरोका देशहरू
सेतै च्यादर च्यातेर
ओढेर सेतै साम्राज्य बाँचिरहन्छन्
ढुङ्गेनी गोरेटोहरूमा
अढुङ्गे आस्था बोकेको कोमल लेकाली मुटुहरू
गाइरहन्छन् – अनुभूतिका नूतन गीतहरू
हे बरै ! समीको चौतारीमा
सयपत्री र मखमली दिदीका
कस्ता मीठा उदघोषहरू– प्यारा गोठाले दाइहरू !
– प्यारा गोठाले भाइहरू ! (फूलहरुको झ्यालखाना,पृष्ठ ४३)
साहित्यकार सरुभक्तको अगुवाइमा थालिएको संरक्षण कविता आन्दोलनको एक आन्दोलनकारी सरस्वती ‘प्रतीक्षा’ले प्राकृतिक सुन्दरताले पूर्ण तर दुर्गम मेरो प्रिय गाउँ समिभञ्ज्याङ्ग (लमजुङ्ग) पुगेर वि.सं.२०५५ को सेरोफेरोमा त्यहीं रचेर त्यहीं सुनाएको यो कवितांश मेरो मस्तिष्कमा अझै घुर्मैलो–घुर्मैलो सल्बलाउँदै छ । साँच्चै हाम्रा प्रिय गाउँहरु अझै पनि फूलहरुको सुन्दरताले घेरिएको कुरूप झ्यालखानाहरूभित्र अन्धपरम्पराको कुहिरोले व्याप्त छन् । गाउँलेहरुसँगै फूलजस्तै कोमल मुटु छन् तर प्रगतिको ढुङ्गे पहाडसम्म चढ्न सकेका छैनन् जहाँ विकासका फूल फक्रिन अझै कतिऔं शरद र वसन्तहरू कुर्नु पर्ने हो, टुङ्गो छैन । सरस्वतीले भने झै समीको चौतारीको हावा खाइदिने मान्छेको पनि अभाव छ । छन् त केवल सयपत्री र मखमली दिदीहरू अनि गोठाले भाइ र दाइहरू छन् । त्यहींको समीको हावा खाएर कति सगरमाथा उभिए, कति अन्तरिक्ष हुँईकिए तर अहँ कुनै विद्वान छैनन् जसले मातृग्रामतर्फ फर्केर हेरेको होस् । नेपाली साहित्याकाशमा सर्वाधिक लोकप्रिय विधा कविताको सशक्त हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ हालै ‘यद्यपि प्रश्नहरू’ कविता संग्रह लिएर झुल्किएकी छिन् । कृति पढ्दा लाग्छ–यो पहिलो कविता संग्रह नभई कुनै परिपक्व कृतिकारको कृति हो । त्यसो त उनको औपचारिक कृतिमात्रै यो पहिलो हो । उनीसँग झण्डै एक दशकको साहित्य यात्राको अनुभव छ । तसर्थ पनि कवितामा परिपक्वता प्रतिबिम्बित हुनु अस्वभाविक होइन किनकी किताब नछाप्दैमा कोही कवि नहुने र किताब छाप्नेबित्तिकै कोही कवि भईहाल्ने युग अब छैन । वि.सं.२०५५ पछिका समयावधिमा रचित कविताहरूमा कवयित्री प्रतीक्षा द्वन्द्वात्मक परिवेशसँग अत्यन्त नजिकबाट दुखेकी छिन् । देशको पीडाबोध, कुपरम्पराको चित्रण र विरोध, गरीब र दुःखीमाथिको आत्मिय सहानुभूति र नारी–पुरूषबीचको भेदभावविरूद्ध काँडा बन्ने उद्घोष प्रतीक्षाका कविताका मूलभूत विशेषता हुन् । उनी बिम्बसँग परेड खेल्छिन,् प्रतीकहरूसँग मित्रता गाँस्छिन् र परिवर्तनकामी कवितात्मक माला बुन्छिन् । यस अर्थमा उनी अक्षरहरूको कुशल खेलाडी, सिर्जनाको असल मित्र र नवयुगकी सर्जक हुन् । कवयित्री सरस्वतीका कविता अत्यन्त कलात्मक छन् तर क्लिष्ट र दुर्वोध्य छैनन्, सुन्दर बिम्बहरूको कुशल संयोजनले कविताहरू सरस बनेका छन् । उनी बिम्ब खोज्न बर्लिन चहार्दिनन्, न त कोलम्बस डुल्छिन् विदेशी शब्दहरूको अन्वेषणमा । उनी साइँलीरिमै र माझीदाइहरूलाई आफ्ना कविताका बिम्ब बनाउँछिन् । पहाडी ढुङ्गामाटो र आफ्नै हिमाल र गाउँघरका सारङ्गीहरू उनका कविताका प्रतीकहरू बन्छन् । कवयित्री प्रतीक्षा आफ्ना कवितामा चेतनाको उच्च तहमा छिन् र सचेत नागरिक हुनुको कर्तव्यबोध गर्दै वर्गीय समानताका खातिर आवाज बुलन्द पार्छिन्– अभावका पँधेरीहरूबाट सुकुमार पीडाहरू ओसार्दै आजकल सान्दाइ प्रत्येक रातमा दुई डेक्ची सपना देख्ने गर्छन् जहाँ एउटा डेक्चीमा तात्तातो ढिंडो पाकिरहेको हुन्छ र अर्को डेक्चीमा गुन्द्रुकको झोल भक्भक् उम्लिरहेको हुन्छ । (पृष्ठ–१५, दुई डेक्ची सपनाहरू) प्रकृतिले दिएको घाम तापेरसमेत न्यानोपनको र प्रकृतिप्रदत्त शीलताको पनि इच्छानुसार उपभोग गर्न नपाएका वर्षौंदेखि पीडित वर्गप्रतिको प्रतीक्षाको सहानुभूति साँच्चै मर्मस्पर्शी लाग्छन् । कसैलाई वियरले मुख कुल्ला गर्नेसम्मको प्रशस्ती त कसैलाई गुन्द्रुक र ढिंडो खाएर प्राण धान्ने कुरा पनि सपना बनीरहेको हाम्रो सामाजिक असमानताको चित्रण गर्दे माटोभरि पसिना सिँचाई गर्दा समेत सपना अधुरो रहने त्रासदीपीडितहरूसँगै साँच्चै उनी हार्दिक दुखाइ पोख्छिन् । कवयित्री प्रतीक्षा देशको सिमाना क्रमशः साँगुरिंदै जाँदासमेत निरीह दर्शक बनेका नेतृत्व तहकाहरूप्रति आक्रोशित हुन्छिन् भने परिवर्तनले ल्याउने समयलाई छेक्ने दुष्प्रयासमा घडी कुल्चनेहरूप्रति कटाक्ष प्रहार गर्छिन् । उनी भन्छिन– ‘यथास्थिति जडता हो परिवर्तन समयको माग हो, यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन । यदि जनता कर्तब्यनिष्ठ भए भने सुरम्य बिहानी जहाँबाट पनि उदाउन सक्छ ।’ यस अर्थमा उनी क्रान्तिकारी कवयित्री पनि हुन् । उनी ‘मान्छे स्वविवेकले चल्नुपर्छ न कि अर्काले मच्चाईदिंदा मच्चिने र रोक्दा रोकिने परजीवि पीङजस्ता’ भन्दै बाघको छाला ओडेर आएका स्यालहरूको वास्तविक रूप चिनरेमात्र प्रतिनिधिका रूपमा छनोट गर्नुपर्ने मीठो आग्रह आम जनतासामु गर्छिन् । सरस्वती ‘प्रतीक्षा’को अर्को मूलभूत विशेषता भनेको नारी स्वरको चर्को उठान हो । अझै पनि हाम्रो समाजमा नारीलाई भोग्याको रूपमा हेर्ने प्रवृत्तिप्रति खबरदारी गर्दै उनी नारी कोमल फूलमात्र हैन, परिआए विषालु काँडा पनि बन्न सक्ने तर्क राख्छिन्–
ऊ र उसको संस्कार
जसले फूलभित्र कोमलता मात्र देख्यो,
चट्टान देखेन ऊ र उसको संस्कार
जसले फूलभित्र सहनशीलता मात्र देख्यो,
आगो देखेन तर पछि, विचारको अनन्त महाभारतपछि
ऊ र ऊ जस्ताले वुझ्नेछन्–
सृष्टिमा काला फूलहरू किन जन्मिन्छन् ?
काला फूलहरू के का लागि जन्मिन्छन् ? ( पृष्ठ–३७, काला फूलहरू ः स्वास्नी मान्छेहरू )
नारी धर्ती हुन् अनेकौं पीडा पनि सहजै सहन सक्छिन् । नारी समयसँग बहन पनि सक्छिन् । नारी चुलाचौका गर्ने र काला भाँडा माझ्ने मात्र हैन, सामाजिक धमिलोपन पनि माझ्न तत्पर हुन्छिन् वीराङ्गना बनेर । उनी आफ्ना कविताहरुमा नारीलाई नहेप्न चुनौती दिन समेत पछि पर्दिनन् । मुर्कुट्टाहरूको देशमा नारीलाई उचित सम्मान गरिँदैन र पनि मानव समाजमा रूपान्तरित गर्न उँद्यत छन् उनका कविताहरू । प्रतीक्षाका अनुसार, कविता चेतनाको उत्कर्षमा घटित हुन्छ । र त एउटा चेतनशील कवि हुनुको कर्तब्य पूरा गर्न प्रयासरत छिन् उनी । उनी जनजिन्दगीका अनेक संगत÷बिसंगत पक्षहरूको कवितात्मक उद्घाटन गर्न सफल छिन् । सरस्वती स्यम् सुन्दरनगरी पोखरामा कर्मशील स्रष्टा । कहिल्यै कविता नलेख्नेहरू पनि पोखरा हेरेपछि कवि बन्छन् भनिन्छ । उनी त अझ साहित्यकार सरुभक्तको समीपमा र शीरमा माछापुच्छ्रे बोकेर फेवाको आँगनमा खेलेकी स्रष्टा, यहाँको जनजीवन र प्राकृतिक सौन्दर्यले नछुने करै भएन तर उनी सौन्दर्यको वर्णन गर्दा होस् या जनजीवनको चित्रण गर्दा, कवितात्मक सार्थकता खोजिन्छन्, नकि वर्णनका लागि वर्णन । ‘पोखरा ः माझी दाइको गीत’ शीर्षकको कवितामा उनी पोखरामा भव्य महलहरू अग्लिईसक्दा पनि स्वाभिमानी र कर्मशील माझीदाइहरूको अवस्था ज्यूँकात्यूँ रहेको कुरा उल्लेख गर्दै समग्र नेपालीको स्वाभिमानी स्वभाव र जर्जर अवस्था प्रतीकात्मक रूपमा चित्रण गर्छिन् । अर्कोतिर यहाँ विकसित लाहुरे संस्कार र सपना बोकेर विदेश जानेहरूको कथा पनि सरस्वतीले छुटाएकी छैनन् । साँच्चै कविताकी सरस्वती ‘यद्यपि प्रश्नहरू’मा प्रश्नहरूको ओइरो लगाउँदै वर्तमान नेतृत्व–तह, भावीपुस्ता र समयबाट उत्तरहरूको प्रतीक्षा गर्छिन् । रमेश पौडेलको सुन्दर आवरणले सजिएको एक सय पृष्ठको किताबी भूगोलभित्र ४९ थुङ्गा कवितात्मक फूल फक्राएकी सरस्वतीले अघिल्ला १६ पृष्ठहरूमा अग्रजहरु तीर्थ श्रेष्ठ, माधवप्रसाद घिमिरे, विप्लव ढकाल, ईश्वरमणि अधिकारीका आशिर्वादसहित आफ्ना कुराहरू समेटेकी छिन् । ‘सम्बोधित जून र हामी’ शीर्षकबाट सुरू भई बेनाम पहाडहरू, सम्बोधित आमा र प्रश्नहरू,बुट्टादार आन्दोलन, ‘नव वर्ष ः सहित प्रश्नहरू हुँदै आधा थुङ्गा फूलमा गएर टुङ्गिएको यो कृतिका ४९ मध्ये ३२ कवितामा प्रश्नसूचक वाक्य वा वाक्यांशहरू समेटिनुले पुस्तकको नामको सार्थकता झल्काउँछ । आधुनिक नेपाली कविता क्षेत्रका लागि अमूल्य कृतिका रूपमा आएको यद्यपि प्रश्नहरूभित्र अक्षम्य र उल्लेखनीय त्रुटि मेरो अल्पज्ञानले पत्ता लगाउन नसकेकोले यो समीक्षा वा समालोचना नभई सामान्य ‘पुस्तक चर्चा’ हो भन्न म विवश छु । सरस्वतीको कुशल उपासिका सरस्वतीका कतिपय प्रश्नहरुका उत्तरहरु प्राप्त हुने तरखरमा रहे पनि अधिकांश प्रश्नहरू उत्तरका प्रतीक्षमै छन् – आमा ! किन यहाँ देश देश बनेर हाँस्न सक्तैन ? किन यहाँ देशवासीहरू देशवासी बनेर बाँच्न सक्तैनन् ?(पृष्ठ–७०,सम्बोधित जून र आमा )
कृति – यद्यपि प्रश्नहरू ( कविता संग्रह)
कृतिकार – सरस्वती ‘प्रतिक्षा’
प्रकाशक – पोयुसाँप (२०६२)
पृष्ठ–१००+१६
मूल्य–रु.१००÷–
समिभञ्ज्याङ्ग–५,लमजुङ

No comments:
Post a Comment