नाम : तेजनाथ घिमिरे
जन्म : वि.सं. १९९६ असोज १, नदीपुर, पोखरा
माता÷पिता : वदनादेवी÷गुरुप्रसाद घिमिरे, शिक्षा : स्नातक
लेखन विधा : कविता
कृतिहरू : अनावरण (मुक्तकमाला), देशकाल (छन्दकविता)
संलग्नता : पोखरेली यूवा सांस्कृतिक परिवारसहित अन्य शैक्षिक र साहित्यिक संघ–संस्थामा आवद्ध ।
सम्मान÷पुरस्कार : दयाशंकर स्मृति पत्रकारिता पुरस्कार,अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी वृहत साहित्य सम्मेलन–२०२२ (प्रथम) लगायत १ दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त ।
* भ्रष्टाचार के हो ? र किन हुन्छ ?
गलत प्रवृति हो । अदालती हिसाबले प्रमाण चाहिने कारणले सबै सदाचारी भए । विधि–विधान मिलाएर भ्रष्टाचार गर्छन्, अनि प्रमाण कसरी जुटाउने ? आफूलाई आवश्यकता परेभन्दा बढी सञ्चय गर्नु र बहुखर्चीपन दुवै भ्रष्टाचार हुन् । सम्पत्तिको श्रोत हैन सम्पत्ति हेरेर सम्मान गर्ने प्रवृतिले पनि भ्रष्टाचार हुन्छ ।
*साहित्यिक भ्रष्टाचार के हो ?
साहित्यिक क्षेत्र पनि विशुद्ध साहित्यिक छैन । साहित्यिक भ्रष्टाचारका प्रवृति अनुसार फरक छन् । जस्तै– रू. ५००÷– को किताबलाई १०००÷– लिएर बिक्री गर्नु, पुरस्कारका लागि गरिने चाकडी, चिनेजानेको आधारमा वा अन्य आशा राखेर वा आशा देखाएर भजन गाउने संस्कार आदि ।
*वर्तमान राजनीतिक परिवेशलाई कसरी हेर्नु भा’छ ?
हामी सीधै गणतन्त्रोन्मुख छौं र थोरै आशावादी छौं । गाणतन्त्र जत्तिको सामाजिक समतामूलक संस्कार अन्यले दिन सक्दैन । २००७, २०४६ र २०६२÷०६३ सम्म क्रमशः विकसित राजनीति पाएका छौं तर पाउनु पर्ने जति पाएका छैनाैँ ।
*राजनीति र भ्रष्टाचारबीचको सम्बन्ध के छ ?
राजनीति भ्रष्टाचारको श्रोत हो । राजनीतिले न्यायालयलाई समेत भ्रष्ट बनाएको छ । कहिले कैद कट्टी गर्छ, कहिले मुद्दा फिर्ता लिन्छ । यो राजनीतिक खेल हो ।
*साहित्य र भ्रष्टाचार बीच ?
साहित्यले अन्धकारभित्र भएको भ्रष्टाचारलाई प्रकाशमान गर्नुपर्छ तर कतिपय पालित साहित्यले ढाकछोप गर्ने काम समेत गरेका छन् ।
*राजतन्त्रले भ्रष्टाचार बढाउन भूमिका खेल्यो कि खेलेन ?
भ्रष्टाचारको जगनै त्यही हो । देश कंगाल बनाएको नै राजाहरूले हो । उनीहरूले सयौं रोपनी ‘फर्मायसी’ जग्गा राखेका छन् । बिर्ता, गुठीका नाममा कैयौं भ्रष्टाचार भएका छन् ।
*संविधान सभा भनेको के हो ?
संविधान बनाउनका लागि सार्वभौम जनताद्वारा चुनिएर आएका प्रतिनिधिबाट बनेको सभा ।
३अबको राज्य सञ्चालकले भ्रष्टाचार नियन्त्रणका लागि के गर्नु पर्छ ?
पहिले आफैले त्याग देखाउनु पर्छ । राजनीतिक नेताहरूले कम्तिमा पदीय पोशाक जुन हो त्यसैमा बसे पनि भ्रष्टाचार कम हुन्छ । पदमा पुगेपछि बेलायती स्तरको दिनचर्या चाहिन्छ नेताहरूलाइर्, अनि कहाँ घट्छ रोग ? सदाचारी चरित्र र त्याग भावना विकास हुनुपर्छ । शासक र शासितबीचको खाडल पुरिनुपर्छ ।
*जनआन्दोलन– २ मा श्रष्टाहरूको भूमिका के पाउनुभयो ?
मानसिक रूपमा तयार गर्ने काम श्रष्टाहरूले गरे । यति सम्म कि निरंकुश सरकार रहेसम्म आफूले खाईरहेको जागिरसमेत छाड्ने अवस्थामा श्रष्टाहरूले पु¥याए ।
*साहित्यमा राजधानीवाद र मोफसलबाद के हो ?
‘राजधानी’ भन्ने शब्दको गुण नै शोषण गर्नु हो । राजधानीवाद नमान्नेहरू पनि उतै गएर कृति विमोचन गराउँछन् , के भन्ने ?
*प्रस्तावित नेपाल प्रज्ञा प्रतिष्ठानबारे के भन्नु हुन्छ ?
प्रज्ञा प्रतिष्ठान स्वायत्त हुनुपर्छ । सहित्यकारहरूबाटै छानिएकाले नेतृत्व गर्न पाउनुपर्छ । प्रधनमन्त्रीले छान्ने हैन,स्रष्टाहरुबट आउनुपर्छ । नयाँ पुस्ता भ्रष्टाचार विरूद्ध सचेत छन् । आफ्ना सिर्जना मार्फत् भ्रष्टाचारलाई दुत्कारेका छन् । केही समय अगाडि त भ्रष्टाचार विरूद्ध साहित्यिक अभियान नै सम्पन्न भैसकेको छ ।
*भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ? यसमा साहित्यको भूमिका के हुन्छ ?
भनेर हुँदैन, प्रवृतिको विकास हुनुपर्छ । समाज सापेक्ष साहित्य लेखेर भ्रष्टाचारीलाई दुत्कार्ने प्रवृतिको विकास गर्न सकिन्छ । समाजले सुकिलो खोल हेरेर सम्मान गर्ने चलन हटाई भ्रष्टाचारी दण्डित हुने अवस्था आउनुपर्छ ।
*‘भ्रष्टाचार विरोधी धारा’ प्रति यहाँको धारणा ?
भ्रष्टाचार विरोधी धारणाहरूलाई एकत्रित गरी विचार प्रवाह गरेको छ । प्रयास राम्रो छ ।
*अन्तमा केही ?
असमानता रहेसम्म भ्रष्टाचार जीवन्त रहन्छ । सामाजिक विभेदहरू सबै हटाएर समतामूलक सामाजिक संरचनामा जुटौं ।
प्रस्तुती : सम्पादक
कायापलट द्वैमासिक पत्रिका, २०६३ हेमन्त ऋतु, वर्ष–३, अङ्क–६, पूर्णाङ्क–१७ मा प्रकाशित साहित्यकार तेजनाथ घिमिरेसँग गरिएको अन्तरवार्ता जस्ताकोे त्यस्तै
No comments:
Post a Comment