पोखरा
। पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल चयन भएका छन् ।
शनिबार
पोखरामा सम्पन्न ४० औँ साधारणसभा तथा अधिवेशनले भुजलेको अध्यक्षतामा नयाँ
कार्यसमिति चयन गरेको हो । भुजेल निवर्तमान समितिको कोषाध्यक्ष थिए । मूलतः
कथाकारका रुपमा परिचय बनाएका भुजेल व्यवसायिक व्यक्तित्व पनि हुन् । उनीसँग
परिवारको कोषाध्यक्ष भएर कार्य गरेको लामो अनुभव छ । कार्यसमितिको
उपाध्यक्षमा उपेन्द्र पौडेल दोहोरिएका छन् । निवर्तमान कार्यसमितिका सचिव अर्जुन अधिकारी
कोषाध्यक्षमा चयन भएका छन् भने सदस्य रहेका डा. चैतन्य अधिकारी सचिव भएका छन् । यस्तै
साहित्य संयोजक रीता अधिकारी र कला संयोक हेमकान्ती गुरुङ पनि दोहोरिएका छन् ।
समितिको सहसचिवमा शिव त्रिपाठी, सङ्गीत संयोजकमा एमडी काफ्ले
तथा सदस्यहरुमा प्रकाश पोखरेली, सुदर्शन पौडेल, दीपेन्द्र थापा 'अरुण', लिली
अधिकारी र तीर्थ गुरुङ रहेका छन् ।
समितिको कार्यकाल २ वर्षको रहने छ ।
२०३५ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार पोखराकै पुरानो संस्थामध्ये एक
हो । परिवारले कला, साहित्य र सङ्गीतका विभिन्न गतिविधि
सञ्चालन गर्दै आएको छ । नेपालमै पहिलो पटक टिकटमा मुक्तक कार्यकम यही संस्थाले
गरेको थियो ।
No comments:
Post a Comment