सास्ती
- रुपिन्द्र प्रभावी
कुनै होनहार प्रतिभाको मृत्युको प्रतीक्षामा छ
अर्को होनहार प्रतिभा
कि खाली होस्-
अस्पतालको शैय्या !
एउटा होनहार प्रतिभाको शव कुरिरहेछ
अर्को होनहार प्रतिभाको अन्त्येष्टिको अन्तिम समय
कि खाली होस्-
मृत्यु शैय्या निर्माणस्थल !
कुर्लिइरहेको छ सरकार
हावाको समृद्धि महल उद्घाटन समारोहमा-
समृद्ध नेपाल, सुखी नेपाली ।
याद रहोस्-
जुन देशको शासक सनकी हुन्छन्
सास्तीको सिकार हुनुपर्ने
त्यही देशका नागरिकले हो ।
* * *
No comments:
Post a Comment