Wednesday, December 25, 2024
गठबन्धन (लघुकथा)
Friday, September 11, 2020
जागिर खाने कि घुस ? (लघुकथा)
जागिर खाने
कि घुस ?
- रुपिन्द्र प्रभावी
लेखनाथ आफ्नो समयमा चर्चा र पहुँचप्राप्त
व्यक्तित्व । हालै किनेको पाँच रोपनी जमिन पास गर्न जिल्ला मालपोत कार्यालय गए ।
आफूले जाने- बुझेसम्मका प्रक्रिया तथा कागजात पुर्याएर सहायक अधिकृत
गोपिनाथनेर गए तर उनले निवेदनको व्यहोरा नमिलेको बहानामा फिर्ता पठाए । लेखनाथ 'ठिकै छ'
भनेर भए भरको सिप-ज्ञान लगाएर पुनः निवेदन लेखेर गए ।
कहिले के पुगेन, कहिले के पुगेन- बहानामा दुई तीन चोटि बाहिरिए लेखनाथ । यस्ता कर्मचारी नियुक्ति र निलम्बन गर्न सक्ने खूबी भएका उनी जनस्तरबाटै कार्य गराउँथे । मालपोत अधिकृतको यो नियतले असह्य भएर उनले फरर आफ्नो परिचय दिँदै सोधे - “तपाईँले खोज्नु भएको के हो ?" “यसो अलि-अलि भए त काम छिटै बनिहाल्छ नि हजुर ।” गोपिनाथले स्पष्टीकरण दिए । त्यसपछि भने झण्डै धम्कीको शैलीमा लेखनाथले भने- “गोपिनाथजी, तपाईँ घुस खान चाहनुहुन्छ कि जागिर ?” यो प्रश्नले गोपिनाथ झस्के र मौनतामै सरासर काम फत्ते गरी कागजातहरू लेखनाथको हातमा थमाएर यति मात्र बोले- “माफ गुर्नहोला ।”
(२०६२
मा गण्डकी अञ्चलस्तरीय लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त लघुकथा)
Sunday, April 26, 2020
जनार्दन दाहालका दुई लघुकथा
रामेश्वर हप्ता-पन्ध्र दिनमा माइलाको पसलमा पुगेकै हुन्थ्यो । केही न केही किनेकै हुन्थ्यो । एउटै मात्र कपडा किन्नु छ भने एक डेढ घण्टा बसेकै हुन्थ्यो- कारण थिई माइली ।
रामेश्वर आउनासाथ माइली नै कपडा बेच्न अगि सर्थी । रामेश्वर पनि माइलीको नजिकै जान्थ्यो- खै के जादु थियो माइलीमा कुन्नि !
कपडामा माइली नाफमाथि नाफा खान्थी । रामेश्वर एक वचन नबोली पैसा तिर्थ्यो । बेलुकी बुढालाई भनेर ऊ रामेश्वरबाट आएको नाफा छुट्याउँथी । एक वर्षमा उसले निक्कै पैसा सङ्कलन गरी । रामेश्वरले पैसा बगाइरह्यो ।
एक हप्ता रामेश्वर नआउँदा माइली भन्थी- दाजु, हजुर त आउनै छाड्नुभो ।
अचानक रामेश्वरको जागिर सरूवा भो । ऊ कसैलाई थाहा नदिई त्यो सानो बजारबाट अन्यत्रै हिँड्यो ।
केही महिना त माइली मणि हराएको सर्पझैँ भई तर ऊ निक्कै अनुभवी थिई । हिजो आज माइलीले अरू चार जना रामेश्वरहरू बनाएकी छ अनि आम्दानी थपिरहेकी छ । अन्ध रामेश्वरहरू कपडा किनिरहेछन्- ऊ बेचिरहिछे । माहिली उही हो- रामेश्वरहरू फेरिइरहेका छन् ।
सुविधा- असुविधा
"राधेका बा ! यो राधेले असाध्यै खोक्न थाल्यो, के गर्ने होला ?"
"चुलो यहीँ छ, ओछ्यान यहीँ छ, तँलाई बाहिर खाना बना न भन्यो, पटक्कै टेर्दिनस्, कोठाभरि धुवाँ उकुसमुकुस छ, त्यही भएर हो ।"
राधेको बा उता फर्केर कागजमा चुर बेर्न थाल्यो ।
"बाहिर हाम्लाइ जाडो हुन्न... पुस - माघको मैनामा ?" सुन्तलीले गुनासो पोखी ।
राधेकी आमा सुन्तली पनि दुई महिनादेखि खोकीबाट ग्रसित छे ।
तीन महिनाको सुई हान्न जाँदा हेल्थपोस्टमा जन्तरे रिमालकी बुहारीसँग उसले लामै भलाकुसारी गरी ।
"लोग्ने बाहिर भए पनि मेरा त ससुरा साह्रै असल हुनुहुन्छ, ए... धेरै भयोे मेरो त घरमा ग्यास चुलो छ, न धुवाँ, न कालो लाग्ने केहीको पीर छैन ।" जन्तरे रिमालकी बुहारी अनिताले आफू निक्कै सुखी र खुसी भएको अनुभव बताई ।
अनिताले भनेका धेरै कुरा उसले त्यही बेला बिर्सी तर ग्यास चुलो भने उसको हृदयमा छाप बनेर बस्यो । त्यो सुनेदेखि सुन्तली दिनमा एकपटक राधेका बासँग कचकच गर्न थाली ।
कचकच खप्न नसकेर राधेका बा बाँधेको खसी फुकाएर डोर्याउँदै बजारतिर लाग्यो । सरासर अष्टमानको पसलमा पुगेर केके गनगन गर्यो अनि त्यति गतिलो खसीसँग ग्यास चुलो र सिलिन्डर साट्यो अनि नाम्लो लाएर गाउँ फर्क्यो । भोलिपल्ट अष्टमानको कामदारले गाउँमै आएर चुलो जोडिदिएर बाल्न पनि सिकाइदियो ।
राधे बिहानै उठेर चुलोभन्दा टाढै बसेर चुलो बालेको दृश्य हेर्थ्यो ।
सुन्तलीमा ग्यास चलाउने बानी पर्यो ।
दुई अढाइ महिनामा ग्यास सकिन्थ्यो । नाम्लो लगाएर बोकेर राधेका बा सिलिन्डर साटेर ल्याउँथे ।
यस पटक कतै सिलिन्डर छैन । अष्टमानकोमा नि छैन । ऊ अरू झैँ सिलिन्डर बोकेर डिपोतिर लाग्यो । तीन दिन भयो सिलिन्डर बोकेर यताउति हिँडेको । सुन्तली निराश छे । राधे चुलोको नजिक गएर हेर्छ तर बल्दैन चुलो । राधेका बालाई थाहा छैन सिलिन्डर सर्टेज किन भयो ? सुन्तली राधेका बा आएतिर हेर्छे, छ दिन भयो यसरी हेरेकी । सिलिन्डर भरि छ कि खाली छ । उसले टाढाबाट ठम्याउन सक्दिन । हिजोबाट मुसलधारे पानी परिरहेछ, दाउराको जोहो छैन ।
Monday, April 8, 2019
लघुकथा- तारिख
यो ‘बायोग्राफी’ पढेर सायद तपाईँलाई अचम्म लागेको छ । यो कुनै काल्पनिक ‘बायोग्राफी’ होइन, न स्वैरकाल्पनिक कथा नै हो । यो पूर्णतयाः यथार्थ घटना हो, यदि कसैलाई काल्पनिक लागेमा संयोग मात्र हुने छ ।
Monday, August 14, 2017
लघुुकथा- चेतनाको बिजाङ्कुुरण
Saturday, February 2, 2013
लघुकथा (चोरी-धर्म)
चोरी-धर्म
- रुपिन्द्र प्रभावी 'कटु'
Sunday, February 7, 2010
लघुुकथा चेतनाको बिजाङ्कुुरण
चेतनाको बिजांकूरण
– रुपिन्द्र प्रभावी ‘कटु’
संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यति मात्र कहाँ हो र ! मतदानकेन्द्रपूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले दिएको नोट लिनेहरुलाई कम्तिमा चार पटकसम्म भोट हाल्न लगाइयो । हुुन पनि भक्तबहादुुूूरले आफुु सांसद भएपछि कम्तिमा तीन महिनामा एकचोटि आएर गाउँका पीडाहरु सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता हाम्रो कानमा गुुञ्जिरहेको थियो । मानौं, भक्तबहादुुरको अन्धोभक्त नै थियौं हामी । भक्तबहादुुर अत्याधिक बहुुमतले विजयी भएर सांसद बने । सरकारमा उनकै दल गयो ।
हामीले चुुूूनावको नतिजा घोषणा हुुूूनासाथ विजयजुुलुुस निकालियो । मध्यरातमा मस्त निदाएका गाउँलेहरुलाई जुुलुुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुुलीको खम्बाले मुुर्तरुप पाउला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हँुुदै धेरै महिनाहरु बिते तर भक्तबहादुुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुुूूनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वाषर््िाकोत्सवमा प्रमुुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर,बिडम्बना ! सांसद भक्तबहादुुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए । ठ्याक्कै आठ वर्षपछि भक्तबहादुुूूर गाउँ आए । कतिपयले उनलाई ठम्याउन सकेनन् । उनी पहिलेजस्तो स ुुईखुुूूट्टे थिएनन् । उनको काया पुुरै फेरिएको थियो । चिन्नेहरुले पनि नचिनेको अभिनय गरे । यसपालि उनले गाउँमा न घोषणपत्र छर्न पाए, न त प्रतिबद्धता गर्न नै भ्याए किनकी भक्तबहादुुरको अन्धोभक्त भएबापत पाएको सास्तीबाट उनीहरुमा राम्ररी चेतनाको बिजाङ्कुरण भइसकेको थियो ।
समिभञ्ज्याङ्ग–५,लमजुुङ हालः पोखरा
कथा कठै !
–रुपिन्द्र प्रभावी ‘कटु’
“सबैका छोराहरू कमाउने भए, हाम्रो त ......!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको भरोसाकेन्द्र म नै छु । मलाई पढाउन–बढाउन धेरै दुःख गर्नु भएको छ उहाँहरूले । मैले प्रमाण–पत्र तह उत्तीर्ण गरिसकेको छु, तर वेरोजगार छु । त्यसो त म ‘पढ्नुको अन्तिम लक्ष्य जागिर खानुमात्र होइन’ भन्दै आएको छु । मेरो यही विचार मेरा अभिभावकलाई तीतो भएको छ । त्यसैले मलाई १६ वर्ष नाघेर प्रवेशिका उत्तीर्ण गरेपछि निरन्तर ‘लाहुरे’ हुन दवाव दिइरहनु हुन्थ्यो –उहाँहरू । अैले विविध बहानामा लाहुरे उमेर गुजारें ।अहिले ूनातक स्वअध्ययन गर्दैछु । उहाँहरु जागिर खान या विदेश जान कर गरिरहनुहुन्छ । सामाजिक हितका लागि शिक्षाको प्रयोग गर्ने विचार हो मेरो । ‘पहिले आफू योग्य हुनुपर्छ, अनि जागिर आफूलाई खोज्दै आईपुग्छ’ भन्ने मान्यतामा म अडिग छु । “पढेर मात्र के गर्छस ?” आजचाहिँ बुबा अलि झर्केर बोल्दै हुनुहुन्छ । “कति पो पढेको छु र ? बल्ल त स्नातक पढदैछु ।” म पनि अलि नम्र भएर प्रतिक्रिया गर्छु –“एक दिन त अवश्य तपार्इंहरूको रहर पूरा गरूँला नि !” “हामी मरेपछि ? कि तँ बूढो भएपछि ......?” उहाँ अझै चर्किनुहुन्छ । “यसको कमाइ खान त यो जूनीमा यत्तिकै होला जस्तो छ ।” आमा पनि ‘आगोमा घिउ’ थप्नु हुन्छ । “हेर् बूढी ! तेरो छोराको चाला ! अरूले एस. एल.सी. मात्रै पास गरेर पनि जागिर खा’का छन् । यसलाई चैं धेरै पढ्नु पर्ने रे !” आमाबुबाको निरन्तरको कचकच सकेसम्म सकारात्मक रूपमै लिने प्रयत्न गर्छु, तर कतिपय वचनहरूले शरीरभरि काँडा उमार्छन् । तैपनि झगडाको निहुँ थप्ने प्रयास गर्दिन । यही बीचमा मेरो मिल्ने साथी मध्ये एक सुवास आईपुग्छ । “के छ सुरज हालखबर ? आरामै छस् ?” ‘‘ठीकै छ तिम्रो बताऊ न ! विदेशतिर कस्तो रह्यो जीवन ?” मेरो यस सोधाइको जवाफमा भर्खरै विदेशबाट पैसा कमाएर आएको सुवास आफ्नो कमाइको फुर्ति लाउँछ जसले मेरा पिताश्रीको रीसको पारो अझ चढ्छ । “देखिस् ? सँगैको साथीको कुरा सुनिस् ?” झण्डै नोकरलाई कराउने शैलीमा पिताश्री गर्जनु भो । ”दुई महिना पछि त म उतै जान्छु , जिन्दगी त उतै छ यार् । यहाँ त के छ र ? जाऊँ हिँड् ... तँ पनि जाने भए म मिलाउँछु सबै कुरा ।” सुवास आफ्नो कुरा धाराप्रवाह बताइरहेको थियो । माना,ैं ऊ चाहन्थ्यो, उसलाई माथि उठाएर मेरा पिताश्रीले मलाइै अझै बढी थचारून् । म धैर्यवान् भएर “ठीकै छ यार ! तिमीहरूको सफलतामा रम्न सिकेको छु । तिम्रो उन्नति पनि त मेरो उन्नति हैन र ?” भन्दै टार्न खोज्दै थिएँ । म चाहन्थें उसले यी सबै कुरा बन्द गरोस् तर उसले रोकेन आफ्नो कुरा । बताइरह्यो; भनीरह्यो । पछि ऊ मलाई निकै होच्याएर “गाउँमै कुहिएलास्, विचार गर्” भन्दै आफ्नो आत्मीयता देखाएर गयो । “ए सुरज ! तँ किन यति सा¥है ‘हरिप’ भएको हँ ?” अबचाहिँ अलि नम्र स्वरमा बुबा मलाई संझाउने शैलीमा बोल्दै हुनुहुन्छ । “अब त कमाउनु प¥यो नि, हेर् अर्काको छोराहरू सबै कमाएर ल्याउँछन् । तँ पनि कमाउन नसक्ने छस् अब ?” “हेर्नुस् बुबा, म अहिले पढ्दैछु । समाजमा विभिन्न कुरीति, कुसंम्स्कार हटाउने अभियानमा लागिरहेको छु । एकदिन त आवश्य पनि मेरो पनि दिन खुल्ला नि ! पैसा कमाउन विदेश नै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने पनि त छैन नि ।” म पनि आफ्नो विचार राख्छु । “के गर्छस् त ? पढेकाले घरको काम, खेतीपाती गर्न पनि त सुहाउँदैन नि ।” आमा आफ्नो सदासयता देखाउनुहुन्छ । “किन हुँदैन ? हुन्छ, पढेकाले जे पनि राम्रा काम गर्न हुन्छ । कृषि, व्यापार जे गरे पनि हुन्छ ।” मेरो यो कुराले बुबा फेरि तात्नुभयो –“सर्टिफिकेट भिरेर हलो जोत्छस् त त्यसो भए ?” “जोत्न पनि हुन्छ, कोदालो खन्न पनि हुन्छ , पढेकाले यी काम र नपढेकाले यी काम गर्नु भन्ने छैन । जो सँग जे सीप छ , त्यो काम गर्ने हो ।” म पनि सान्त्वना पाउने आशाले आफ्ना कुराहरू राख्दै थिएँ । एकजना जागिरे साथी दीपक आइपुग्यो । ऊ मालपोत कार्यालयमा जागिरे छ । “लौन दीपक बाबु ! यो सुरजेलाई सम्झाइदिनु प¥यो, यसको कमाइ खाएर मर्ने धोको अधुरै रहला जस्तो छ ।” दीपकलाई देख्नेवित्तिकै पिताश्रीले बिन्ति चढाउनुभयो । दीपक पनि के कम, पिताको बिन्ति शिरोपर गर्न थाल्यो । “अँ त, किन हो यत्रो पढेको मान्छे पनि फाल्तु बसेको ? मलाई हेर् न, मेरो त तेरो जस्तो राम्रो अंक पनि छैन– एस.एल.सी. मा । मालामाल छ । तलब त मेरो पनि त्यस्तै हो, तर कमाइ रामै्र छ । आफ्नो त जागिरै ‘माल’मा ! जागिर जसरी पनि खानुपर्छ क्या ! ‘कोरीको पनि पाउ मोल्नू’ भन्छन् आफ्ना स्वार्थका लागि । भन् जागिर खान्छस् भने मेरो मामा हुनुहुन्छ हाकिम । म भनसुन गरिदिउँला, म पनि त उहाँकै कृपाले यत्तिको भा’छु नि । ऊ आफ्नो शक्तिको बेलिविस्तार लाउँछ । वर्तमान युवावर्गको प्रतिनिधितव गर्ने ऊ जसरी पनि कमाउनुपर्छ , मोज गर्नुपर्छ, भविष्यमा ‘देखा जाएगा’ भन्ने विचारको व्यक्ति हो, जस्तो सुवासको विचार छ । म र मेरा साथहिरूबीच यहीँनेर सधैं मतान्तर हुने गर्दछ । कहिलेकाहीं त उनीहरूको नजरमा हास्यपात्र बन्थें । म ‘कमाउनु त पर्छ तर सत्य र सही तरिकाले र स्वाभिमान बन्धक नराखीकन’ भन्ने विचार बारम्बार राख्थेँ । उनीहरू मेरो खिल्ली उडाउनुमा आफूलाई आनन्दित ठान्थे । बुबा सानो रेडियो सधैं भिर्नुहुन्छ । समाचार प्रायः सुन्नुहुन्छ । आज पनि समाचार सुन्दै हुनुहुन्छ –“कुवेत जानका लागि गएका नेपाली कामदारलाई इराक पु¥याइएपछि त्यहाँ १० जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवास शर्मा लगायतका छन् .......।” यति सुन्नासाथ बुबा चिच्याउनुभयो –“सु..र..ज ।” म हतार–हतार बुबानेर गएँ । रेडियोले समाचार अझै भन्दै थियो –“....अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस खाँदा–खाँदै मालपोत कार्यालयका कर्मचारी दीपक लम्साललाई रंगेहात पक्राउ गरी जेल सजायँ तोकेको छ ।” यो समाचारचाहिँ बुबा र मैले एकैचोटि सुन्यौं । बुबा नबोलिकन टोलाइरहनु भएको थियो । म पनि साथहिरूको यो अवस्थाको खबरले मर्माहित भएँ । एकछिनपछि आमा पनि आउनुभयो । “हेर् बूढी ! दीपक र सुवासको दुर्दशा भएछ । हाम्रो छोरोले भनेको ठीक रहेछ । अब ‘जागिर,विदेश’ भनेर छोरालाई तँ ‘कर–कर’ नगर है !” भावविव्हल मुद्रामा बुबा आमालाई अर्ती दिंदै हुनुहुन्थ्यो । “आफू कराउँछ , मलाई नकरा भन्छ । छोरालाई कराउने त तपाइँ नै त हो नि ।” “भो–भो बा–आमा जे हुनु भयो, अब विवाद गरेर केही फाइदा छैन ।” मैलो पो संझाउनु पर्ने भो आमा–बालाई । “म एउटा बैठकमा जानु छ , अहिले गएँ ।” म निस्केर गएँ । गाउँमा “शान्ति, मानवअधिकार र सुशासनका लागि युवा परिचालन” नामक तीन वर्षे आयोजना विदेशी गैर सरकारी संस्थाबाट सञ्चालन गर्ने सम्बन्धमा बैठक थियो । संयोगवश त्यो योजनाको निर्देशक भएर काम गर्ने जिम्मा भेलाले र आयोजक संस्थाले मलाई नै दियो । यो खबर आमा–बुबालाई सुनाउन आतुर थिएँ । “देख्नु भो त बा–आमा ? आफू सक्षम भएपछि काम त्यसै मिल्छ ।” मैले बा–आमालाई संझाउँदै भनेंं । “हो रै’छ बाबु ! हामी भ्रममा रहेछौं । युवाहरू देशकै लागि परिचालन गरिनु पर्ने रै’छ । विचरा सुवास र दीपकको अवस्था ! ‘च्वःच्वः’ कठै !” माता–पिता झण्डै एकै स्वरमा भन्दै हुनुहुन्थ्यो ।
समिभञ्ज्याङ्ग–५,लमजुङ